येशुलाई पाए पछिको जिवन !
यीशुलाई पाए पछिको नयाँ जिवन जब हामीले जिवन जिउन शुरु गर्छौ तब एक तर्फ जिवन शान्ती - आनन्द अनि आषिशले भरिन शुरु गर्छ किनकि पर्मेश्वर ब्रमान्डको सृष्टीकर्ता हामीसँग हुनु हुन्छ उहाँले हाम्रो आपद बिपद - दु:ख अभावको समयमा हामीलाई सहायता गर्न हुन्छ ! यीशुले हामीलाई धनी धनाढय बनाउने प्रतिज्ञा गर्नु भएको छैन् ! तर भन्नु भएको छ - पहिला पर्मेश्वरको राज्य अनि धर्मिकताको खोजि गर बाँकि कुरा आफै आफ थपिनेछ यसको अर्थ हो जब हामी ख्रीष्टीयान भैइ यीशुको पाईलालाई पछ्याउने थाल्छौ तब हामी हाम्रो ईच्छा अनुसार होइन तर पर्मेश्वरको ईच्छा अनुसार असल - निस्वार्थ - अरुलाई खाँचो पर्दा सहायता गर्ने दयालु मन भएको अनि सधै नम्र भएर पर्मेश्वरको बचन अनुसारको जिवन प्रार्थनामा - पर्मेश्वरको स्तुती प्रशँसामा अनि उपवास यानि बर्त बसेर पर्मेशरको ईच्छा अनुसार जिउन थाल्छौ तब पर्मेश्वरको प्रतिज्ञा अनुसार उहाँले हामीलाई हाम्रो जिवन काल भरी नै चाहिने हरेक थोक जुराई दिनु हुनेछ !
पर्मेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि उहाँले हामीलाई पुच्छर होइन शिर बनाउछु भनेर ! शृण लिने होइन तर शृण दिने बनाउँछु भनेर तर ख्रीष्टीयान भए पछि पनि पुरानो जिवनमा गर्ने दुष्ट कामहरु निरन्तर गरी रहे यस्ता काम गर्नेहरुको घरमा पर्मेश्वरको आशिष कुनै कुरामा हुँदैन् !
तपाईलाई दुष्ट आत्माले सताई रहेको छ भने त्यसबाट तपाई मुक्त हुनु हुन्छ ! कसैले काला जादु - टुना मुना गरी दिए त्यसले केहि क्षति गर्न सक्दैन् तर हामी चै साँचो बिश्वासी हुनु पर्छ ! नामधारी ख्रीष्टीयान होइन ! बाजे बराजु देखि कुनै श्रापित कुराहरुले पछ्याई रहेको छ भने त्यो श्राप यीशुको नाँउमा टुटनेछ !
तर यी सबै आशिसहरुको साथ साथ हामीले बिपरित धेरै सतावाट पनि सहन पर्ने हुन्छ ! गाँउ समाजबाट - परिवारबाट बहिष्कृत - हेलना अनि सबै भन्दा ठुलो आरोप हामीलाई ड्लर खाएर आफ्नु धर्म बेच्यो भनेर लगाउने छ !
Create Your Own Website With Webador