मेरो बारेमा  !

  • आज म तपाईहरु सङ - म कसरी एउटा हिन्दु परिवारमा जन्मे अनि हुर्के तर अहिले ख्रीष्टीयान भैइ जिवन जिई रहेको छु त्यो तपाईहरु संग बाट्न गैइ रहेको छु ! कथा लामो छ तर सके सम्म छोटकरीमा बताउने कोशिश गर्नेछु !
  • JESUS CHRIST यानि कि येशु ख्रीष्ट भन्ने नाम त मैले बाल्यकाल देखि नै सुन्दै आएको नै थिए ! तर सु-समाचार अर्थात  यीशु ख्रीष्टले हामी मानव जातिको पाप बोकेर क्रुसमा आफ्नु प्राण बलिदान गरि दिनु भएको अनि यदि हामीले येशु ख्रीष्ट माथि बिश्वास गरयौ भने हाम्रो पाप क्षमा हुन्छ अनि हाम्रो आत्माले मुक्ति पाउछ भन्ने कुरा चै मलाई थाहा थिएन !
  • यो कुरा चै मैले ११ साल अघी पहिले चोटि सुनेको थिए ! यो कुरा पहिलो चोटि सुनेर होला एकदमै अनौठो लाग्यो साथै बिश्वास गर्न पनि गाह्रो लाग्यो किनकि जब क्रुसमा झुन्डिएको यीशु देख्थे मैले यसो भन्ने गर्थे यीशु आफैले त आफैलाई बचाउन सकेन भने कसरी उसले हामी सँसार भरिको मानवलाई पापबाट बचाउन सक्छ र ? फेरि मनमा यो पनि प्रश्न उठने गर्थ्यो येशुलाई किन हामी मानव जातिको लागि मर्न पर्यो त ? आखिर यो यीशु को होला भनेर यीशुको बारेमा जान्ने अति नै कौतुहल भयो !

साना छँदा पडेको अनि सुनेको - ईश्वर एक हुन तर रुप अनेक छन् भनेर ! अनेक रुप भनेको त हिन्दु - बुदिष्ट - सिख - ईसाई भयो तर यि मध्ये त्यो एक ईश्रर चै आखिर को होला ?  कसले  यस ब्रमान्डलाई सृष्टि गर्यो होला ? हामी मान्छे जातीलाई कसले बनायो होला अनि हामी मान्छे जन्मे पछि किन मर्नु परेको होला इत्यादि इत्यादि प्रश्नहरु मेरो मनमा उठने गर्दथ्यो यी जिज्ञासाहरुले गर्दा पनि होला मैले बाईबल पडने निर्णय गरे !

म यस ब्रमान्डलाई बनाउनु हुने अनि हामी मान्छे जातिलाई बनाउनु हुने सृष्टीकर्ताको बारेमा जान्न चाहान्छु ! मलाई यो बाईबल बुझ्न्न्  सहायता गर्नु होस् भनेर ईमानदारी सङ प्रार्थना  गरेर बाईबलको अध्यान गर्न शुरु गरे  फलस्वरुप  भनिन्छ नि मेहनतको फल मिठो हुन्छ भने झै मैले मेहनत गरेर पडे अनुसार ! खोजे अनुसार त्यसको मिठो फल पनि पाए अनि त्यो मिठो फल थियो बाईबल धर्म शास्त्र भित्र भएको सत्यता जस बारे म एकदमै अन्जान थिए अनि आज पनि नब्बे प्रतिशत मानिसहरु यो सत्यता देखि अन्जान छन् !  

बाईबल भित्र दुईवटा करार रहेछ एउटलाई नयाँ करार भन्दो रहेछ जो पर्मेश्वरले हाम्रो उहिलेका पुर्खाहरु सँग बाँध्नु भएको रहेछ अनि अर्को रहेछ नयाँ करार जो यीशु ख्रीष्ट मार्फत हामी अन्तको समयमा बाँची रहेको हामी मानव जातिको  लागी रहेछ !

पुरा तन मन लगाएर धर्म शास्त्र बाईबल पडे ! अनगिनत ख्रीष्टीयान अडियो सुने ! भिडियोहरु हेरे ! धेरै ख्रीष्टीयानहरुलाई यो भनेको के हो ? त्यो भनेको के हो ? यसको अर्थ के हो इत्यादि इत्यादि प्रश्नहरु गर्ने गर्थे किनकि म सत्य जान्न चहान्थे !  निरन्तर बिहान - बेलुकि अनि दिनको free  समय पन्ना पछि पन्ना एकै पनि नछोडि ध्यान दिएर पुरा बाईबल शुरुको पहिलो पन्ना देखि बाईबलको अन्तिम पन्ना सम्म पडेर सिध्याए ! बाईबल एक्लैले पडदा बुझ्न्न नसकिन्दो रहेछ यसैले बाईबलको ज्ञान भएको ब्यक्ति सँग बसेर पडे स्पष्ट सँग बुझ्न सक्दो रहेछ !यसैले गर्दा मैले बाईबलको ज्ञान भएको ख्रीष्टीयानहरुलाई घरमा बोलाएर धेरै प्रश्नहरु गर्ने गर्थे अनि पुरा एकसाल चार महिना पछिको खोजाई पछी मैले स्पष्ट रुपले बुझ्न सके कि यीशु ख्रीष्ट हामी मानव जातिलाई पापबाट मुक्ती दिनु हुने एक मात्र मुक्ती दाता हुनु हुँदो रहेछ ।

म यस ब्रमान्डलाई बनाउनु हुने अनि हामी मान्छे जातिलाई बनाउनु हुने सृष्टीकर्ताको बारेमा जान्न चाहान्छु ! मलाई यो बाईबल बुझ्न्न्मा सहायता गर्नु होस् भनेर ईमानदारी सङ प्रार्थना  गरेर बाईबलको अध्यान गर्न शुरु गरे ! फलस्वरुप  भनिन्छ नि मेहनतको फल मिठो हुन्छ भने झै मैले मेहनत गरेर पडे अनुसार ! खोजे अनुसार त्यसको मिठो फल पाए अनि त्यो मिठो फल थियो बाईबल धर्म शास्त्र भित्र भएको सत्यता जस बारे म एकदमै अन्जान थिए अनि आज पनि नब्बे प्रतिशत मानिसहरु यो सत्यता देखि अन्जान छन् !  

जब पुरा बाईबल पडेर सिध्याए मेरो जिवनको उदेश्य अनि दिशा नै बदलिएको थियो किनकि मैले बाईबलमा हामी मानव जातिलाई सृष्टी गर्नु हुने अनि यस पृथ्वीको घाम - जुन - तारा- समुन्द्र - आकाश - खोला नाला - झर्ना - पहाड- हिमाल - पशु प्राणि - फल - फुल भनौ यस सँसारको सृष्टीकर्तालाई पाउन सके त्यसको साथै सबै भन्दा अनमोल अनि आशिरबादको कुरा यो पाए कि येशु ख्रीष्ट JESUS CHRIST यस ब्रमान्डलाई सृष्टि गर्नु हुने सृष्टिकर्ता हामी सबै मानिस जातिलाई पापबाट बचाउनलाई आफ्नु प्राण क्रुसमा बलिदान गरी दिनु भएको रहेछ ताकि हामीले पापको क्षमा पाएर मुक्ती पाउन सकौ अनि मृत्यु पछी हाम्रो आत्मा स्वर्गमा अनन्त अनन्तको निम्ति सृष्टीकर्ता पर्मेश्वरसँग रहन सक्योस् भनेर यीशु ख्रीष्ट एउटा बाटो या माध्याम भएर आउनु भएको रहेछ भन्ने रहस्य पुर्ण सत्यता थाहा पाउन सके ! 

जब मैले यो कुरा बाईबलमा पडे मैले एकै छिन पनि ढिलो नगरि यीशु ख्रीष्टलाई आफ्नु मुक्तिदाता अनि प्रभु भनेर स्वीकार गरे  किनकि कुनै पनि धर्ममा राम - रहिम - साई - बुद्द या वाहे गुरु यी मध्ये कसैले पनि हामि मानव जातिको पाप बोक्रेर क्रुसमा बलिदान भएको कुरा मैले सुनेको थिईन ! तर केवल यीशु ख्रीष्टले मात्र यति ठुलो बलिदान हामी मानव जातिको लागि गर्नु भएको रहेछ !

यहाँबाट मैले एउटा कुरा स्पष्ट रुपले बुझ्न्न सके कि  केवल यीशु ख्रीष्टले मात्र  हामी मानव जातिलाई यति धेरै प्रेम गर्नु हुँदो रहेछ जसले हाम्रो पाप क्षमाको निम्ति आफ्नु प्राण नै बलिदान गर्नु भएछ ताकि हामी नर्कको आगोमा जल्न नपरोस् ! तपडन नपर्योस् भनेर  यस्तो निस्वार्थ अनि प्रगाढ प्रेम कथा त इतिहासमा नै भएको छैन ! तब उसो मैले निर्णय गरे कि यीशु नै मेरो प्रभु अनि मुक्तिदाता बाकिको जिवन  उहाँ कै पुजा गर्दै जिउनेछु ! सँसारको मानिसले मलाई जे सोचे पनि  म आफुलाई ख्रीष्टीयान भन्नमा गर्व गर्छु किनकि मैले मेरो सृष्टीकर्तालाई पाएको छु ! मान्छेको हातले बनाएको मुर्तिलाई होइन तर मान्छे जातिलाई नै बनाउनु हुने सृष्टिकर्तालाई  म पुज्छु ! 

जिवनको आधा उमेर त सृष्टीको थोक घामलाई सुर्य देवता भनेर पुजे ! ढुँगालाई ईस्वर भनेर पुजे ! समुन्दरलाई जल देवता भनेर पुजे ! हावालाई वायु देवता भनेर पुजे ! साँपलाई नाग देवता भनेर पुजे ! बाँदरलाई हनुमानको स्वरुप मानेर पुजे ! मुसालाई गणेशको घुँडा भनेर पुजे ! बर पिपलको अघि दियो र धुप जलाए ! मैले सृष्टीको थोकलाई पुजी रहेको थिए तर अफसोस् यी सबै थोक बनाउने सृष्टीकर्ता देखि चै अन्जान थिए !

तर आज मलाई सत्यले मलाई स्वतन्त्र तुल्याएको छ ! मेरो आत्मिकि आँखा खोलिएको छ अनि आज म यि सृष्टिको थोकहरुलाई पुजा गर्दिन त​र​ स​बै थोकलाई स्रिश्टि ग​र्नु हुने ब्र​मान्ड​को स्रिश्टिकर्तालाई पुज्छु ! जिवनको अन्तिम सास सम्म म उहाँलाई नै पुजने छु ! उहाँ कै निम्ती जिउने छु अनि मर्न परेमा पनि उँहा कै निम्ती मर्नेछु रमाई रमाई मर्नेछु किनकी यीशु मेरो पापको निम्ती मर्नु भएको रहेछ मेरो पापबाट मलाई बचाउनलाई यसैले अब जिउछु त यीशुको निम्ती अनि यीशुको खातिर मर्न पनि परे म रमाई रमाई मरी दिनेछु । मर्न त एकदिन छ नै यीशुको निम्ती मर्न पाउन त कती आशिषको कुरा हुनेछ मेरो निम्ती !

यसरी म हिन्दुबाट ख्रीष्टीयान हुन पुगे अनि म बाचिन्जल सम्म यो मेरो गवाही हुनेछ ! 

 

यीशु मेरो सृष्टीकर्ता

यीशु मेरो पर्मेस्वेर
यीशु मेरो परम पिता
 उहा नै मेरो जिवन दाता !

प्रभु यीशु ख्रीष्ट जय जयकार होस् !

सुर्यदय देखि सुर्य अस्त सम्म उहाँको प्रशँसा होस् !

आमिन !!!