बप्तिस्मा भनेको के हो अनि बप्तिस्मा किन लिन पर्छ ?

 

आज म तपाईहरुलाई बप्तिसमा भनेको के हो अनि ख्रीष्टीयानहरुले बप्तिस्मा किन लिने गर्दछन् ? यस बारे सरल तरिकाले बताउने कोशिष गर्ने छु !

बप्तिस्मा पर्मेशरको आज्ञा हो यसैले बप्तिस्मालाई सु-समाचार को अहम हिस्सा मानिन्छ जब हामीले पहिलो चोटी ख्रीष्टीयानहरुकोबाट सु-समाचार सुन्छौ सु-समाचार यानि कि  यीशु पर्मेश्वरको पुत्र हुनु हुन्छ ! उहाँले हामी सारा मानव जातिको पाप क्षमाको निम्ती आफ्नु प्राण क्रुसमा बलिदान गरी दिनु भयो अनि मरेको ३ दिन बाद पर्मेश्वरले उहाँलाई पुन:जिवित पार्नु भयो भन्ने सुसन्देश सुन्छौ अनि यस कुरामा बिश्वास गर्छौ अनि प्रभु यीशुलाई ब्याक्तिगत रुपले आफ्नु मुक्तिदाता अनि प्रभु भनेर स्वीकार गर्छौ तब पवित्र धर्म बाईबल अनुसार हाम्रो सबै सबै पापहरु क्षमा भएको हुन्छ !

 

त्यस पछि बिश्वास मात्र गरेर काफी छैन् दोस्रो काम हामीले पुरानो जिवनमा गरेको सबै पापहरुबाट पश्च्यताप गरेर ! सबै पापहरुबाट मन फिराएर पानीमा चुर्लुम्म डुबेर बप्तिस्मा लिन पर्छ ! पानीमा चुर्लुम्म डुब्ननुको अर्थ हुन्छ  सबै पापहरु पखालिएको  यीशु ख्रीष्टमा पुर्ण रुपले नँया भएर आत्मामा हाम्रो नया भैइ जन्म लिएको दर्शाउछ साथै बप्तिस्माले यो बताउछ कि हामी येशुसंग मरयौ यीशुसङ गाडियौ अनि यीशुसङै पुनरुथान भयौ  जसलाई धर्म शास्त्र बाईबल अनुसार हामी पानी अनि आत्मामा जन्मेको भनिन्छ ! यीशु ख्रीष्ट माथि बिश्वास गरेको कारणले हाम्रो सबै पापहरु क्षमा भयो अनि पानीमा डुबेर बप्तिस्मा लिएको कारण हाम्रो पापहरु पखालियो अनि हामी शरीर त्यहि पुरानो रहे पनि हामी आत्मा भने नयाँ भैइ जन्मेको हुन्छ अनि अब हाम्रो आत्माले पापबाट मुक्ति पाई सकेको हुनाले अब मृत्यु पछि हाम्रो आत्मा निसन्देह स्वर्गमा जानेछ अनि जब हामीले आत्मिकि रुपमा पर्मेश्वरको बचन पालन गर्छौ तब  हामी ईश्वरीय अधिकारको साथमा आत्मिक रुपमा  ब्रमान्डको सृष्टीकर्ता पर्मेश्वरको सन्तान हुन्छौ भनी धर्म शास्त्र बाईबलले भन्दछ !

 

बाईबलले भन्छ - युहन्ना १-११:१२ उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्। केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।

 

 

 

आत्मामा नयाँ गरी जन्मनु अति आवश्यक छ !

युहन्ना ३ - 5:6

तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानी र आत्माबाट जन्मनु नै पर्छ यदि उ त्यसरी जन्मेन भने परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन। मान्छेको शरीर आमाबाबु बाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ।

यदि कोहि मृत्यु पछि आफ्नु आत्मा स्वर्गमा जानु भएको चहानु हुन्छ भने तपाई पानी र आत्मा द्वारा जन्मनै पर्छ ! यसैले समय हुँदा नै आफ्नु आत्मालाई बचाउँनु होस् !

Create Your Own Website With Webador