हामि स​बैलाई थाहा छ​ कि हामी त यस पृथ्वीमा एउटा परदेशी मात्रै हौ जो जिवनको क्षणिक पल बिताएर एक दिन फेरि  फर्केर आफ्नु आत्माको देश जानु प​र्नेछ ​ज​हाँ हाम्रो अन​न्त​ जिव​न​ छ​ ! आत्माको देश यानि कि स्वर्ग किनकि हामी आमाको गर्भमा आउन अघि नै सृष्टीकर्ता पर्मेश्वरले हामी कहाँ जन्म पर्छ ?  कुन परिवारमा जन्म पर्छ ?  कुन साल - कुन दिन कुन समयमा  अनि कति साल यस धर्तिमा बाँच्न्न पर्छ अनि कहिले यस सँसारलाई त्यागेर जान पर्छ ? पुर्ण रुपले पर्मेश्वरले तय गर्नु भएको हुन्छ ! जसरी आमाको गर्भबाट जन्मे पछि यो पार्थिव शरीरको जिउनलाई एउटा घर हुन्छ त्यसरी नै मृत्यु पछि आत्माको पनि रहनलाई स्थान हुन्छ जसलाई स्वर्ग भनौ हाम्रो आत्माको बास स्थान हो भनी भन्छौ ! तर तपाइको आत्मा स्वर्ग जान अघि तपाइको आत्माले पापबाट क्षमा पाई मुक्ति पाई सकेको हुन पर्दछ किनकि स्वर्गमा बस्नु हुने हामी सबैको सृष्टीकर्ता पवित्र हुनु हुन्छ  !

 

आज  मान्छे जातिले आफ्नु पापबाट क्षमा पाउनलाई  बाख्रा - कुखरा - हाँस - परेवा - पशु प्राणीको बलि चडाउछन् साथै दान पुण्य पुजा पाठ गर्छौ- चार धाम भ्रमण गर्ने गर्छन् - काला चक्र जान्छ ताकि उनिहरुको  पाप क्षमा हुन सक्योस भनेर तर यति गरी सके पछि पनि उनीहरुले निर्धक्क साथ भन्न सक्दैन् कि साचै उनीहरुको पाप क्षमा भयो कि भएन भनेर किनकि उनीहरुले आफ्नु धर्मको शास्त्र पडेको छैन् ! बस आफु भन्दा अघिकाले जे गर्दै आयो त्यहि आफुले गर्यो अनि जे आफुले गर्यो त्यहि आफ्नु नानीहरुलाई सिखायो यसरी नै सदियौ देखि यो चलन चली आई रहेको छ ! जुन कुरा आफुले गर्दै आई रहेको छ त्यो साँचो हो कि होइन भनेर सत्य जान्नलाई कहिले आफ्नु धर्मको शास्त्र पडेको छैन् अनि  कसैले सत्य जान्ने प्रयास गर्दैन अनि जानेको सत्यता बताउँदा पनि धर्म परिवर्तनको दोष लगाउने गर्दछ डलरमा बेचियो भनेर भन्छ ! 

तर यीशुमा पाप क्षमा छ भन्ने सत्यताको बारेमा जब मैले पहिलो पल्ट सुने मैले उनिहरुको बिरोध गरीन तर बरु सत्य के रहेछ त भनेर धर्म शास्त्र बाईबल पडने सहास गरे अनि ख्रीष्टीयानहरुलाई घरमा ल्याई ल्याई दिन भरी बसेर यो भनेको के त्यो भनेको के हो भनेर धेरै प्रश्नहरु गर्ने गर्थे किनकि म सत्य जान्ने चहान्थे अनि आज यीशुमा पाप क्षमा छ भन्ने सत्यता मैले थाहा पाउन सके अनि आफुले जानेको सत्यता मैले अरु सँग पनि बाँटन चाहे ! सयमा सयले नै त ग्रहण नगर्ला तर कम से कम कसै एकले त ग्रहण गर्छ होला जसले चै साँचै सत्यताको खोजि गर्दै होला ! कसै एकै जनाको आत्मा बचाउँन सके पनि यो मेरो निम्ति ठुलो बिजय - आनन्द अनि आशिसको कुरा हुनेछ !
 

तर धर्म शास्त्र बाईबल अनुसार हामी मनुश्य जाति मृत्यु पछि सबै जना  स्वर्ग जांदैनौ ! मृत्यु पछि हाम्रो आत्मा जाने दुई ठाँउहरु छन् एउटा स्वर्ग अनि अर्को नर्क ! अब मृत्यु पछि हामी स्वर्ग जाने या नर्क जाने त्यो  चुन्ने स्वतन्त्रता  सृष्टीकर्ता पर्मेश्वरले हामी मानव जातिलाई  दिनु भएको छ  यसैले हामी मानव जाति यस सँसारमा जिउँदो रहँदा नै आफ्नु आत्मालाई पापबाट मुक्ति दिने मुक्तिदाताको खोजि गर्न पर्छ !

जसरी यो जिउदो शरिरको निम्ति प्राण अनमोल छ त्यसरी नै आत्मा पनि हाम्रो निम्ति अति नै अनमोल छ ! तर हामीले शरिर - प्राण अनि आत्मा यो तिन कुरा मध्ये सबै भन्दा धेरै महत्व शरिरलाई दिएको हुन्छौ तर यो अदृश्य आत्मा देखि चै हामी एकदमै अन्जान छौ ! हुन त आजको यो एकाईसौ सदियोको जमानामा स्वर्ग नर्कको मान्छेले त्यति बिश्वास गर्दैन तर जसरी जन्मनु अनि मर्नु अटुट सत्य छ त्यति नै अटुट सत्य मृत्यु पछि स्वर्ग नर्क पनि छ ! 

यो शरीर त पृथ्वीमा ज्यादा से ज्यादा सौ साल सम्म रहन्छ तर मरे पछि शरिरबाट छुटिएर गएको आत्मा भने अनन्त अनन्तको निम्ति जिउनेछ या स्वर्गमा हामी मान्छे जातिलाई सृष्टी गर्ने सृष्टीकर्ता सङ आनन्दको साथ  रहनेछ या नर्कको कहिले न निभ्ने आगोमा सदा कालको निम्ति तड्पनेछ ! नर्क कुनै काल्पनिक कथा होइन  तर अटुट तितो सत्य हो भने स्वर्ग अति नै मिठो सत्य हो !

अब यदि तपाई मृत्यु पछि स्वर्गमा जान चाहानु हुन्छ भने तपाईले यीशु ख्रीष्ट माथि बिश्वास गरी पानी र आत्माद्वारा नयाँ भैइ जन्मेर आफ्नु नाँउ जिवनको पुस्तकमा लेखाउन होस् ! बाईबलमा यस्तो पनि लेखेको छ -प्रकाश  20:15 यदि कुनै मानिसको नाउँ जीवनको पुस्तकमा लेखिएको नभेट्टाइए त्यो मानिसलाई अग्नि-कुण्डमा हालिन्थ्यो।

समय हुदा नै सत्यको खोजी गर्नु होस् अनि यस धर्तिमा तपाईको आत्मालाई मुक्ति दिने एक मात्र माध्यम यीशु ख्रीष्टलाई आफनु प्रभु अनि मुक्तिदाता भनी ग्रहण गरी आत्मामा नयाँ भैइ जन्मेर बाकि जिवन पर्मेश्वरको ईच्छा अनुसार जिउनु होस् ! त्यसपछि तपाईले पनि निर्धक साथ भन्न सक्नु हुन्छ स्वर्ग मेरो बास स्थान हो !

 

यीशु ख्रीष्ट यस सँसारमा धर्म परिवर्तन गर्न आउनु भएन तर मानव जातिको पापबाट मुक्ति दिई तपाईको आत्मा बचाँउन आउनु भएको हो यसैले समझधार बन्ने समय यहि हो यीशुलाई धर्म नसम्झनु होस् तर तपाईको आत्मा बचाँउन आउनु भएको तपाईको मुक्तिदाता हो भनी बिश्वास गर्नु होस्  !

येशूले जवाफ दिनुभयो, "बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पिता कहाँ आउँदैन !
पिता भनेको सृष्टीकर्ता हुन् जो स्वर्गमा बास गर्नु हुन्छ यसैले केवल यीशु ख्रीष्ट मात्रै स्वर्ग जाने बाटो यानि कि माध्यम हो भनी बाईबलले भन्दछ !

 

Create Your Own Website With Webador