यस धर्तिमा धार्मिक ब्यतिहरु धेरै जन्मे अनि मरेर गए तर मरे गए पछि दोबारा फेरि कोहि फर्केर जिउदो भैइ आउनु भएन  जस्तै - बुदिष्टमा बुद्ध ! मुस्लिममा मुहमद ! हिन्दुमा राम - कृष्ण - बिष्णु - गणेश - साई  यिनीहरु पनि कुनै समय यस धर्तिमा  जन्मेका थिए तर उनीहरु सबै मरेर गए अनि मरेर गए पछि तिनीहरु फेरि दुबारा फर्केर आएन !

 

तर यीशु मात्र एक यस्तो ब्यक्ति थिए जो मरेर गए पछि पनि  तीन दिन अनि तीन रात पछि फेरि जिउँदो भैइ उठनु भयो !  म​रेको मान्छे हुन​ स​क्ला मरेको केहि क्षणमा या केहि घन्टामा त शायद दोबारा जिउँदो हुन पनि सक्ला ! तर मरेर गएको तीन दिन अनि तीन रात पछि त आज सम्म कोहि पनि जिउँदो भैई उठनु भएको हामीले न देखेको छौ न अहिले सम्म ईतिहासमा नै सुनेको छौ !

 

तर यीशु त मरेको तीन दिन तीन रात बाद फेरि जिउँदो भैइ उठनु भयो यानि कि पुनरुथान हुनु भयो अनि पुनरुथान पछि ४० दिन सम्म आफ्नु चेलाहरु सँग बसेर उहाँ स्वर्गरोहण हुनु भयो अनि धर्म शास्त्र बाईबलको बचन अनुसार उहाँ यस धर्तिमा फेरि आउनु हुनेछ !

तर आज भन्दा दुई हजार साल अघि यीशु सँसारको सारा मानिसलाई पापबाट बचाउनलाई आउनु भएको थियो भने यस चोटी फेरि आउनु हुँदैछ तर सँसारको मानिसलाई बचाँउनलाई होइन तर सँसारको मानिसहरुको न्याय गर्न आउनु हुदैछ ! हामीले जिवित रहिन्जल कस्तो जिवन जिएको थियौ त्यसको उहाँले हिसाब लिनु हुनेछ ! धर्म शास्त्र बाईबल अनुसार तपाईको नयाँ जन्म पानी अनि आत्मा द्वारा भएको छ कि छैन् न्याय दिन अति नै महत्व राखन्ने छ !

 

युहन्ना ३ - 5:6

तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानी र आत्माबाट जन्मनु नै पर्छ यदि उ त्यसरी जन्मेन भने परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन। मान्छेको शरीर आमाबाबु बाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ।

बाईबल धर्म शास्त्र अनुसार - हामी मानव जाति यस घडी अन्तिम समयमा बाँची रहेको छौ किनकि यस सँसारमा दुष्ट काम अनि पापहरु धेरै बडेको हुनाले सृष्टीकर्ता पर्मेश्वरले यस पृथ्वीलाई चाँडै नै सँधैको लागी नाश गर्नु हुने छ यसैले यो पृथ्वीलाई नाश गर्न अघि सबै मानव जातिले आफ्नु दुष्ट काम अनि  पापहरुबाट पश्च्यताप गर्न सक्योस् भनेर उहाँको पुत्र यीशुलाई यस सँसारमा पठाउन सकेको  ताकि हामीले आफ्नु सृष्टीकर्ता सँग क्षमा मागी पर्मेश्वरसँग  आफ्नु सम्बन्ध ठीक गर्न सकौ अनि पापबाट् क्षमा पाउन सक्योस् यसैले ख्रीष्टीयानहरु यीशु ख्रीष्टको बारेमा जोडतोडले सबैलाई बताई रहेको छ्न् ताकि सबैको पाप क्षमा हुन सकेको होस् अनि तपाईको आत्माले मुक्ति पाउन सक्योस् भनेर !

 

तपाईलाई पनि पर्मेश्वरले यस बेबसाईट् मार्फत सत्य जान्ने मौका दिनु भएको छ यसलाई हल्का नलिनु हुन बिन्ति गर्दछु बरु यसलाई गम्भिरताले लिएर आजै देखि येशुलाई खोज्नु होस् अनि  ब्यक्तिगत रुपमा यीशु ख्रीष्टलाई आफ्नु प्रभु अनि मुक्तिदाता भनेर  ग्रहण गरेर आफ्नु पापको क्षमा पाई पर्मेश्वरको ईच्छा अनुसार पवित्र जिवन जिउनु होस् ताकि मृत्यु पछि हाम्रो आत्मा स्वर्गमा तपाईको सृष्टीकर्तासँग सदैवको लागि रहन सकेको होस् !