पाप के हो ? मानिस किन अनि कसरी पापी हुन पुग्यो ?

आज म मान्छेको सोचाईमा पापहरु के हो यस बारे होइन तर धर्म शास्त्र बाईबलमा लिखित पापहरु के के हुन् भनेर बताउन गैइ रहेको छु ! तपाईलाई बिश्वास नलाग्ला पनि सक्ला तर यो सत्य हो - बाल्यकाल देखि लिएर यो आधा उमेर बितिन्जल सम्म मलाई थाहा थिएन कि पाप के हो भनेर ? यति चै थाहा थियो मान्छे मार्नु पाप हो ! तर जब मैले बाईबल पडे त्यहाबाट थाहा लाग्यो पाप के हो रहेछ भनेर ? हुन सक्ला जसरी मलाई मेरो आधा उमेर बिति सक्दा पनि पाप के हो भन्ने कुरा थाहा थिएन सायद तपाईलाई पनि धर्म शास्त्र अनुसारको पाप के के हो थाहा न हुन पनि सक्ला यसैले स्वर्ग पृथ्वी अनि मान्छे जातिलाई सृष्टी गर्नु हुने पर्मेश्वरको नजरमा पाप के हो अनि कसरी पापको शुरुवात भयो त्यो छोटकरीमा बताउन चाहान्छु !

             कथा धेरै लामो छ तर छोटकरीमा भन्न पर्दा पवित्र धर्म शास्त्र बाईबलमा लेखिएको छ कि पर्मेश्वरले पृथ्वीको माटोबाट मानिस बनाउनु भयो अनि त्यो मानिसको नाकमा पर्मेश्वरले आफ्नु सास फुकि दिनु भयो र त्यो माटोले बनाएको मानिस जिवित भयो अनि त्यो पहिलो मानिसलाई पर्मेश्वरले आदम नाँउ दिनु भयो अनि त्यस पछि आदमको निम्ती सहयोगि एउटी स्त्री बनाउनु भयो जसको नाँउ पर्मेश्वरले हवा राखि दिनु भयो अनि यी आदम अनि हवा सारा मानिस जातिका पहिलो पिता अनि माता थिए या भनौ यस पृथ्वीको पहिलो पुरुष र पहिलो नारी थिए जस द्वारा यस पृथ्वीमा आकाशका तारा अनि समुन्दरको बालुवा झै अनगिनत मानिसको सँख्या दिनहुँ बडदै गए जुन सँख्यामा तपाई अनि म पनि पर्छौ

            स्रुष्टीकर्ता पर्मेश्वरले आदम अनि हवा यानि कि पुरुष अनि स्त्री बनाई सके पछि यी दुईलाई अदनको बगैचामा राख्नु भयो अनि तिनीहरुलाई एउटा आज्ञा दिनु भयो ! तिमिहरुले आहारको निम्ति यो बगैचामा भएको सबै फलहरु खान् सक्छौ तर यो एउटा रुखको फल चै न खानु यदि तिमीहरुले खायौ भने तिमिहरु मर्नेछौ भनेर आज्ञा गर्नु भएको थियो ! तर अभाग्यबश त्यी दुवैले त्यहि फल खाई दिए जसको फल नखानु भनेर पर्मेश्वरले आज्ञा दिनु दिनु भएको थियो अनि पर्मेश्वरले दिएको यो आज्ञा तोडनु नै पाप हो  यसरी नै मानव जातिको पहिलो पुरुष अनि स्त्री द्वारा पापको शुरुवात भयो अनि मानिस जाति पर्मेश्वर स्रुष्टीकर्ताको नजरमा पापी भए अनि त्यस पछि ती दुइबाट जन्मेको सन्तानको रगतमा नै पिता आदमको पापी रगत भएको हुनाले आदम हवा पछिका हरेक नानीहरु जन्मदा नै पापमा जन्मेको हुन्छ जस मध्ये म अनि तपाई पनि पर्छौ ! वास्तवमा त्यो दुधे बालकले पाप त गरेको हुँदैन तर त्यो बालकको शरीरमा जुन रगत छ त्यो उनै पहिलो पुरुष आदमको पापी रगत भएको कारणले त्यो दुधे बालक आमाको गर्भबाट बाहिर आँउदा नै पापी रगत लिएर आएको हुन्छ यसैकारण हाम्रो पाप क्षमा हुन अति नै आवश्यक हुन्छ् !

 

 

अब यो पापबाट कसरी क्षमा पाउने ?

मानव जातिको पहिलो पिता आदम अनि पहिलो आमा हवाले पर्मेश्वर सृष्टीकर्ताको आज्ञा तोडेर उहाँको बिरुदमा पाप गरेको कारणले गर्दा उप्रान्त ती दुईबाट जन्मेका सन्तान पछिको सन्तान पुस्ता पुस्ता सम्मै मानव जाति पापको रगत लिएर जन्मने भयो यसर्थ परमेश्वर स्वँय नै शरीरमा प्रकट हुनुभयो अनि सँसारको सारा मानिसको पापको ज्याला चुकाउनलाई क्रुसमा आफैलाई बलिको रुपमा चडाउनु भयो अनि हामी मानव जातिको पापको मुल्यु चुकाई दिनु भयो ! सृष्टीकर्ता पर्मेश्वर प्रेम हुनु हुन्छ GOD IS LOVE   ! दया करुणा र भलाईले भरिपुर्ण कृपाको खानी यसैले सृष्टीका त्यी पहिलो मानिस आदम अनि हवाले गरेको पापको दन्ड आउँदो भावि सन्तानले भोग्न्न नपर्योस भनेर पर्मेश्वरले पाप क्षमाको निम्ति बाटो बनाई दिनु भयो अनि त्यो बाटो यीशु ख्रीष्ट हुनु हुन्छ ! युहन्ना 14 :6 येशुले भन्नु भयो - बाटो - सत्य - र जिवन म नै हुँ म दुवारा बाहेक कोहि पिता (पर्मेश्वर) कहाँ जान सक्दैन् !

 

हामी सबैले जान्दछौ  पापको क्षमा पाउनलाई हरेक साल कुखरा - परेवा बाख्रा पशु प्राणीको बलि चडाउने गर्छ !  पाप पखाल्नलाई गँगामा डुबुल्कि लगाउछ ! चार धाम खाली खुटा हिडेर जाने गर्दछ ! तर धर्मशास्त्र बाईबलले भन्छ - हाम्रो पाप क्षमा हुनलाई यी सबै कुरा गर्न पर्दैन किनकि येशु ख्रीष्टले हामी सबै मानव जातिको लागी क्रुसमा हामी मानव जातिको पापको मुल्यु चुकाई सक्नु भएको छ ! अब यदि पाप क्षमा पाउन हो भने आफुले प्रतिदिन जानी अन्जानी गरेको पापको अब उसो गर्ने छैन भनी पश्च्यताप गरी  येशु ख्रीष्टमा बिश्वास गरी येशुलाई आफ्नु प्रभु अनि मुक्तिदात स्वीकारे पाप क्षमा हुनेछ भनी बाईबल धर्म शास्त्रले भन्दछ ! पश्च्यताप भनेको चै केहि पल आँशु बहाएर रुनु होइन तर पश्च्यताप भनेको चै पापबाट मन फिराउनु हो !

पवित्र धर्म शास्त्र बाईबलमा यस्तो लेखिएको छ - युहन्ना ३ :१६ -- परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन तर अनन्त जीवन प्राप्त गर्नेछ।

 

 

Create Your Own Website With Webador