🙏नमस्ते तपाईलाई मेरो यस बेबसाईटमा हार्दिक स्वागत छ !
यो बेबसाईट बिषेश गरी हिन्दु - बुदिष्ट जो यीशु ख्रीष्टलाई ब्यक्तिगत रुपमा नजान्ने मित्र जनहरुको लागि हो !
म आफ्नु परिचयमा भन्न पर्दा यीशु ख्रीष्ट माथि बिश्वास राख्न्न्ने एक ख्रीष्टीयान् हुँ अनि एक ख्रीष्टीयान् हुनको नाताले आज यस बेबसाईट मार्फत तपाईहरुलाई येशु ख्रीष्ट को हुनु हुन्छ भन्ने सत्यता बताउन गैइ रहेको छु किनकि येशु ख्रीष्ट भन्न बिति कै सबैले यति मात्र जान्दछ कि येशु ख्रीष्ट ख्रीष्टीयानहरुको GOD हो अनि बिदेशी धर्म हो ! तर त्यो सय प्रतिशत झुट हो यसैले मैले येशु ख्रीष्ट यानी कि Jesus Christ वास्तवमा को हुनु हुन्छ भनेर बताउनलाई नै यो बेबसाईड बनाउने निर्णय गरेको छु ताकि तपाईले पनि वास्तवमा येशु ख्रीष्ट को हुनु हुन्छ भनी स्पष्ट रुपले जान्न सक्योस् यसर्थ बेबसाईटको माथि राखेको शीर्षकहरु यानि कि TITLE सबै एक पछि एक गर्दै पडनु होला यदि तपाईले यो बेबसाईड मोबाईलबाट हेर्नु हुँदैछ भने मोबाईलको माथि कुनामा भएको धर्का माथि किल्क गर्नु होस् त्यहाँ तपाईले अरु कुराहरु पडन पाउनु हुनेछ !
हामी सबै जान्दछौ कि हाम्रो मानव रुपी जिवन यस सँसारमा एउटा यात्री जस्तै हौ जो एकदिन फर्केर फेरि त्यहि जान पर्छ जहाँबाट आएको थियौ अनि चाहेर पनि यस सँसारमा सधै बाँची रहन सक्दैनौ ! एक न एकदिन हामीले यो सँसार छोडेर जानै पर्छ अनि हाम्रो शरीर मरेर गए तापनि आत्मा भने कहिले मर्दैन अनि त्यो कहिले नमर्ने आत्मा जाने पनि ठाँउ हुन्छ अनि त्यो ठाँउहरुको नाम एउटा स्वर्ग हो भने अर्को नर्क ! हुन त तपाईले स्वर्ग नर्क भन्ने शब्द त सुन्नु भएको होला तापनि यसको बारेमा भने स्पष्ट जान्न सक्नु भएको छैन होला यसैले एउटा ख्रीष्टीयान हुनको नाताले मेरो ठुलो जिम्मावरी अनि कर्तब्य हुन जान्छ कि तपाईलाई यो सत्यता बताउने अनि म आशा गर्छु तपाईले यस बेबसाईटमा लेखिएको कुराहरुलाई गम्भिरताले लिनु हुनेछ भनेर !
हामी जान्दछौ शरीर मरेर गए पनि आत्मा भने कहिले मर्दैन ! के तपाईले कहिले आफ्नु आत्माको बारेमा सोच्न्नु भएको छ ? यदि सोचनु भएको छैन् भने आज देखि सोच्न्न शुरु गर्नु होस् ! धर्म शास्त्र बाईबलले भन्छ मृत्यु पछि आत्मा जाने दुई वटा ठाँउहरु पनि छन् जसलाई स्वर्ग अनि नर्क भनिन्छ अनि जसरी यो जिउदो शरिरको निम्ति प्राण अनमोल छ त्यसरी नै हाम्रो आत्मा पनि अति नै अनमोल छ ! तर हामीले शरिर - प्राण अनि आत्मा यो तिन कुरा मध्ये सबै भन्दा धेरै महत्व शरिरलाई दिएको हुन्छ तर यो अदृश्य आत्मालाई भने हामीले कहिले गम्भिरताले लिएको छैनौ !
हुन त आजको यो एकाईसौ सदियोको जमानामा स्वर्ग नर्कको मान्छेले त्यति बिश्वास गर्दैन ! तर जसरी जन्मनु अनि मर्नु अटुट सत्य छ त्यति नै अटुट सत्य मृत्यु पछि स्वर्ग नर्क पनि छ ! यो शरीर त पृथ्वीमा ज्यादा से ज्यादा सौ साल सम्म रहन्छ ! तर मरे पछि शरिरबाट छुटिएर गएको आत्मा भने सदाकालको निम्ति जिउनेछ या स्वर्गमा आनन्दको साथ या नर्कको कहिले न निभ्ने आगोमा घोर कष्टको साथ अनि नर्क कुनै काल्पनिक कथा होइन जो हामी सोच्न्ने गर्छौ तर यो त एउटा तितो सत्य हो यसैले जिउदो रहदा नै आफ्नु आत्मालाई बचाउनु होस् किनकि मृत्यु पछि तपाईको परिवार साथि भाई अनि आफन्त जनहरु कोहि तपाईको साथमा हुदैन जसरी तपाई यस धर्तिमा एक्लो आउनु भएको थियो त्यसरि नै एकदिन एक्लो फर्केर जान पर्नेछ यसैले जिउदो रहदा नै आफ्नु आत्मको मुक्तिको बारेमा सोच्नु होस !
आफ्नु जिवन कालमा नै मलाई बनाउने सृष्टिकर्ता को हुन भनेर तपाईको सृष्टीकर्तालाई खोज्नु होस् किनकि मरे पछि जान त उनैकोमा नै पर्छ ! समय हुदा नै सत्यको खोजी गर्नु होस् अनि यस धर्तिमा तपाईको आत्मालाई पापबाट बचाउने मुक्ति दिने एक मात्र माध्यम यीशु ख्रीष्ट हुनु हुन्छ किनकि उहाँले मात्र सारा मानव जातिको पापको मोल तिर्नलाई क्रुसमा आफुलाई बलिदान गरी दिनु भएको छ यदि तपाईले उहाँ माथि बिश्वास गर्नु भयो भने तपाईको सबै पापहरु क्षमा हुनेछ अनि तपाईले उद्दार पाउनु हुनेछ भनी बाईबल धर्म शास्त्रले भन्दछ !
यस धर्तिमा धेरै भगवानहरुले जन्म लिए -भगवान राम - कृष्ण - शिव - गनेश - साईबाबा - भगवान बुध अनि मुस्लिमको मुहब्बत अनि यीशु ख्रिष्ट तर यिनिहरु मध्ये हामि मानिस जातिलाई पापबाट बचाउनलाई केवल यिशु ख्रिष्टले मात्र क्रुसमा आफ्नु प्राण बलिदान गरि दिनु भयो ताकि हामि मानिस जातिले नर्कको भयानक दन्ड भोग्न नपर्योस भनेर यहाँ बाट एउटा कुरा स्पष्ट हुन्छ कि यीशु ख्रीष्टले हामिलाई कती धेरै प्रेम गर्नु हुदो रहेछ किनकी GOD IS LOVE .यसैले येशु ख्रिष्ट यस सन्सारमा धर्म निर्माण या धर्म परिवर्तन गर्न आउनु भएन तर सारा मानव जातिलाई पापबाट मुक्ति दिलाउन आउनु भएको थियो अनि येशुको वास्तविक सत्यता यहि हो !
कृपया यसलाई धर्म परिवर्तन गराउन चाहेको भनी गलत नसम्झी दिनु होला ! मैले धर्म परिवर्तन होइन तर तपाईको आत्मा मात्र बचाउन चाहेको हो यदि बात खाली धर्म परिवर्तनको मात्र हुँदो हो त म यो बेबसाईड बनाउनलाई घन्टौ घन्टौ समय लगाउने नै थिईन ! बरु फिल्म - सिरियल अनि नाँच गाना अनि टिकटक भिडियो हर्दै रमाईलो गर्दै बस्थे होला ! तर यहाँ बात धर्म परिवर्तनको होइन बात तपाईको आत्माको मुक्ति बारेमा छ जो हामी हरेक मानिस जातिले यो सन्सार छोडेर जान अघी आफ्नु आत्माले मुक्ती पाई सकेको हुन पर्द्छ यसैले यस बेबसाईड मार्फत तपाईलाई सत्यता बताई रहेको छु यदि यस बेबसाईड मार्फत एकै जनाको आत्मा बचाउँन सके मेरो लागि मैले जिवन काल भरी गरेको सबै भन्दा ठुलो बिजय अनि आषिश हुनेछ !
धन्यबाद !!
- म
- तपाईको
- शुभ-चिन्तक
- !!!!!!! यदि तपाईले यो बेबसाईट मोबाईलबाट हेर्नु हुँदैछ भने यो बेबसाईटको माथि कुनामा देखिए कोठामा किल्क गर्नु होस् ! तपाईले अरु बिषयमा पनि जान्न सक्नु हुनेछ !!!!!!
Create Your Own Website With Webador